स्टार सुमिना घिमिरे कार्तिक १ बाट एक्लै


(सेलिब्रेटी नेपाल) २४ असोज-महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ। नेपाली चलचित्र क्षेत्रकै कथामा निर्माण गरिएको स्टारको बितरक करण श्रेष्ठ क्रेजी हुन्। चलचित्रमा नायिका सुमीना घिमीरेले मनिषा क्षेत्री नामक हिरोइनको भूमिका निभाएकी छिन्। त्यसैगरी, नायक नीरज बराल राजेश भट्ट नामक सुपरस्टारको भूमिकामा छन् भने श्याम घिमीरे सौर्य सिंह नामक चर्चित हिरोको भूमिकामा छन्।
Star-sumina-ghimire
स्टार युनिटले बडा दशैंको पूर्व सन्ध्यामा एक कार्यक्रमको आयोजना गरि चलचित्रको बारेमा जानकारी गरायो उक्त कार्यक्रममा चलचित्रको अडियो पनि सार्बजनिक गरियो कार्यकममा चलचित्रका नायक,नायिका,निर्देशक तथा अन्य चलचित्र पत्रकार हरुको उलेख्य उपस्थिति रहेको थियो लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा शिब बिकको नृत्य निर्देशन र अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ। स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा सोलो रिलिज हुँदै छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.