मिस नेपाल इशानी मिस वर्ल्डमा भाग लिएर स्वदेश फिर्ता


(सेलिब्रेटी नेपाल) २३ असोज-मिस वर्ल्ड प्रतियोगिताको ६३ वर्षको इतिहासमा नेपालबाट सहभागी भई उत्कृष्ट दश स्थानभित्रै पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठ स्वदेश फर्केकी छिन् ।इन्डोनेसियामा गत सेप्टेम्बर ३० तारिखमा मिस वर्ल्ड २०१३ को प्रतियोगिता सम्पन्न भएको थियो। सन् १९९७ देखि नेपालले उक्त प्रतियोगितामा भाग लिँदै आएको हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले जानकारी दिए।
miss-worl-in-ishani-shrestha
एक्काइस वर्षीय मिस नेपाल इसानी श्रेष्ठ मिस वर्ल्ड २०१३ प्रतियोगिता सहभागी भई विभिन्न चरणमा भएको छनौटबाट टप टेन भित्र परेको उल्लेख गर्दै उनले विश्वका अन्य मुलुकको तुलनामा नेपाल कुनै कुरामा पनि कमी नभएको र नेपाललाई चिनाउन आफूसँग धेरै शक्ति रहेको बताईन्। हिडेन ट्रेजरद्वारा आयोजित पत्रकार सम्मेलनमा आफूले मिस वर्ल्ड प्रतियोगितामा टप टेन स्थान हात पार्न सफल भएको श्रेय हिडेन ट्रेजर, परिवारका सम्पूर्ण सदस्य तथा नेपालीहरूको माया नै भएको बताईन्।मिस वर्ल्ड –२०१३ मा सहभागी हुँदा नेपाललाई विश्वसामु गौतम बुद्ध जन्मेको देश,सगरमाथाको देश र विभिन्न कला संस्कृतिको धनी देशको रूपमा परिचय गराउन सफल भएको बताउँदै मिस वर्ल्डले आफूलाई धेरै नै माया ममता गरेको बताईन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.