चलचित्र ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा



काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् ।

चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।

साइको थ्रिलर फिल्म ‘जम्प’ को कथा निर्देशक कार्कीले नै लेखेका हुन्। यस फिल्मको गत आइतबार गरिएको थियो । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउड फिल्ममा रुचि राख्नेका लागि यो विशेष रुचीकर हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले फिल्मको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए । यस फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

‘दुई कदम’ मा मुख्य अभिनेता तथा अभिनेत्री नयाँ छन् । जसमा इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ । चलचित्रमा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।​​​​

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.