केवल तामाङको चलचित्र ‘मायाका रंगहरु’ मा पल अनुबन्धित



काठमाडौँ। केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) को निर्माण घोषणा गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनेता पल शाह अनुबन्धित भएका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन पल शाहले ‘पुजार सार्की’ को छायांकन सकेपछि भारतको सिक्किमबाट सुरु गरिने बताईएको छ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने सिनेमामा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।
नेपाली र हिन्दीमा छायांकन गरिने चलचित्रमा पल शाह बाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । यो चलचित्रले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.