‘दुई कदम’ हेर्न अभिभावक अनिवार्य



काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । चलचित्रले सोमवार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ चलचित्र हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।

उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा तारादेवी लिम्बूको लगानी छ । चलचित्रमा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।

चलचित्रको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।