सानेको टेलीसिरियल ‘सिन्दुर पोते’



काठमाडौँ । टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ । नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।

सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ ।

सिरियलमा पुर्ण स्वायोगको पार्श्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन, कलर र लोगो, देव कुमार महर्जनको एक्सन, विशाल बराल र रतन नेपालीको सह निर्देशन, देवकुमार महर्जनको एक्सन र कृष्णबहादुर भट्टराई र काजल भुजेलको निर्माण छ । कृपा टिभिको युट्युब च्यानलबाट हरेक शनिबार बेलुका ५ बजे सार्वजनिक हुने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.