भण्डारीको चलचित्र ‘एक्टर’ मा प्रदीप खड्का अनुबन्धित



काठमाडौं । अभिनेता प्रदीप खड्काले ‘पुजार सार्की र ऐरी’पछि नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको चलाचिरा ‘एक्टर’ मा खड्का अनुबन्ध भएका छन्। थमन कुमार भण्डारीले निर्माण गर्ने चलचित्रका निर्देशक राजन भुसाल हुन् । ‘पण्डित बजेको लौरी’ निर्माण गरेका भण्डारीले धेरै वर्षको पर्खाइमा यो चलचित्र बनाउन तयारी गरेका छन्। भण्डारीले चलचित्र केहि बिसेष हुने बताएका छन्।

चलचित्रको कथा तथा अन्य विषयमा अरु केही पनि बताइएको छैन । चलचित्रको छायांकन आगामी बैशाख गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाइ सन् २०२५ मा रिलिज गर्ने बताइएको छ । प्रदीपका फ्यानले अझै एक बर्ष यो फिल्मको प्रतिक्षा गर्नुपर्नेछ । अभिनेता खड्काले एक बर्ष नयाँ फिल्म साइन गरेका थिएनन् । तर, अब भने उनी धमाधम नयाँ नयाँ प्रोजेक्टमा अनुवन्धित भइरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.