चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक



काठमाडौँ। दीपक श्रेष्ठले निर्देशन गरेको पछिल्लो चलचित्र ‘पर्खी बसें तिमीलाई’को दोश्रो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘चट्ट गाजल’ बोलको गीतमा कृष्ण हरी बरालको शब्द,दीपक शर्माको संगीत र स्मिता दाहालको स्वर रहेको छ। यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । चलचित्रको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनिले वितरण गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.