अभिनेता आर्यन,प्रदीप र पल एकै चलचित्रमा



काठमाडौँ। अभिनेता पल शाहले दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पुजार सार्की’ साइन गरेका छन् । निर्माणपक्षले आज एक तस्वीर सार्वजनिक गर्दै चलचित्रमा पल शाह भित्रिएको पुष्टी गरेको हो ।

चलचित्र ‘पुजार सार्की’ लाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा सुभाष भुसालको लगानी रहनेछ । चलचित्रमा अभिनेताद्धय प्रदीप खड्का र आर्यन सिग्देल अनुवन्धित भई सकेका छन् । यो सँगै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलो पटक संगै काम गर्ने भएका छन् । चलचित्रमा अभिनेत्री भने अहिलेसम्म कोही पनि फाइनल बहेको छैन । यो चलचित्रले जातिय विभेद विरुद्धको कथा भन्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.