चलचित्र ‘गोर्खा वारियर’का निर्माता सुमन राईद्वारा भूकम्पपीडितलाई सहयोग



काठमाडौँ। चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् ।

अनुग्रह फाउन्डेसनका संस्थापक अध्यक्ष तथा चलचित्र ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडित ५५ परिवारलाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।

समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् । गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.