पारश र ऋषिलाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार


(सेलिब्रेटी नेपाल) १८ असोज-नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पुर्याउने २ जना पत्रकार पुरुस्कृत भएका छन् । यसै वर्ष स्थापना गरिएको लक्ष्मण शमशेर शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पत्रकार पारश नेपाल र साप्ताहिक हिमाल खबरपत्रिकाका पत्रकार ऋषिराम कट्टेललाई प्रदान गरियो । १८ असोजमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा शास्त्रीय संगीतको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले नगद रु १० हजार, ताम्रपत्र सहित उनीहरुलाई पुरुस्कृत गरे।
rishiram-kattel
शास्त्रीय संगीतका कलाकार रथी लक्ष्मण शमशेर राणाको ३० औ स्मृति दिवसको अवसरमा उनीहरुलाई शास्त्रीय संगीतको कार्यक्रमबीच सो पुरुस्कार दिइएको हो । राणा प्रधानमन्त्री देव शमशेरका नाती तथा हिमालय शमशेर राणाका पिता शास्त्रीय गायक लक्ष्मणको संझनामा यसै वर्ष यो पुरुस्कार स्थापना गरिएको हो । वर्षेनी सास्त्रीय संगीतको कार्यक्रम गर्दै आएको नेपाली संगीत संरक्षक तथा प्रवद्र्धक समुहले आयोजना गरेको सो कार्यक्रममा बरिष्ठ सरोदबादक मोहन सुन्दर श्रेष्ठले सरोदको धुनले स्रोता दर्शकलाई मन्त्रमुग्ध पारेका थिए भने शास्त्रीय संगीतकी प्रतिभाशाली गायिका सुजाता बर्मा भत्ति संगीत पस्केर उपस्थितलाई मन्त्रमुग्ध पारिन् ।
Rishi-ram--paras-nepal
कार्यक्रममा हिमालय शमशेर, गायिका लोचन भट्टराई लक्ष्मण शमशेरको संगीत क्षेत्रमा विधि पाटाको चर्चा गरेका थिए। आयोजक संस्थाका अध्यक्ष उत्तम रिमालका अनुसार आगामी वर्ष देखि सास्त्रीय संगीतको श्रीवृद्धिका लागि योगदान पुर्याउने २ उत्कृष्ट पत्रकारलाई यो पुरुस्कार प्रदान गरिने बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.