पत्रकारहरुको पारिश्रमिक नतिर्ने संचालक पक्राउ


(सेलिब्रेटी नेपाल) १८ असोज-पछिल्लो समय नेपालमा मिडियाहरुको बिकाश क्रम बढ्दै गयो बिकाश क्रम संगै राम्रा नराम्रा दुवै पक्ष त हुन्छन नै तर जसले जुन तरिकाले कार्य गरि रहेका छन् त्यो चाहिं ठिक हो कि बेठिक हो भन्ने कुरा सुरुमै बुझ्न गार्हो हुन्छ। त्यसैले कहिले कहीं समस्या पनि भोग्नु पर्ने हुन्छ। दशैंको मुखमा आएर आफुले काम गरेको पारिश्रमिक नपाएर आफ्नै हाकिम बिरुद्द मुद्दा हाल्न बाध्य भएका छन् पत्रकारहरु। सौर्य दैनिकमा कार्यरत पत्रकारहरुको उजुरीको आधारमा सौर्य दैनिकको प्रकाशक संस्था सृजना इन्टरनेशनल मिडिया प्रालिका कोषाध्यक्ष शिव ढकाल र सदस्य रमेश न्यौपानेलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ।
Bodhraj-tripathi
नौ महिना सम्मको तलब नदिएपछि पत्रकारले दशैको मुखमा आफ्नो पारिश्रमिक माग्दा सौर्य दैनिकका सञ्चालकले चेक दिएको र त्यसमा पैसा नभएको पाईएको पत्रकारले बताएका छन्। दशैको मुखमा तलब माग गर्दा प्रकाशक एवं सम्पादक बोधराज त्रिपाठीले पैसा नभएको चेक दिएको, उल्टै पत्रकारविरुद्ध नै मुद्दा हाल्ने र हातखुट्टा भाँचिदिने धम्की दिएकोले प्रहरीमा आफूहरुले उजुरी गर्नु परेको त्यहाँ कार्यरत पत्रकारहरुले गुनासो गरे। पत्रकार खगेन्द्र पन्तको ३ लाख ५० हजार, रामहरि पाण्डे २ लाख १० हजार रुपैयाँ, रामशरण बजगाइँको १ लाख ५० हजार लगायतका ६० जनाको पारिश्रमिक पत्रिकाले तिर्न बाँकी रहेको छ। सौर्य दैनिकका पत्रकारले अहिले पनि पत्रिकाको कार्यालय बागबजारमा धर्ना दिई तलबको माग गरिरहेका छन्। सौर्य दैनिकका प्रकाशक बोधराज त्रिपाठी भाग्ने प्रयासमा छन् भने प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दै छ। के गर्ने बेलैमा योजना बद्द तरिकाले काम गर्न नसक्दाको परिणाम!

 

Copyright © 2012 - 2026 | All Right Reserved.