लाजै पचे पछि के गर्नु ठुली ? (भिडियो सहित)


(सेलिब्रेटी नेपाल) १८-संस्कृतमा एउटा उखान छ’एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।’ अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार राजेन्द्र श्रेष्ठ, गीतकार शंकर अधिकारी घायल। त्यसपछि गायिका सावित्री खत्री, गायक प्रल्हाद तिमिल्सिना, रमेश रैका, मोडल वर्षा राउत र नरेशवीर सिंह।
Barsha-raut-14-feb
यसै साता सार्वजनिक सावित्री खत्रीको ‘ठूली’मा हिन्दी फिल्म ‘खेलाडी ७८६’मा समाविष्ट ‘हे बल्मा’लाई ‘हे ठूली’ बनाएर ‘नेपालीकरण’ गरिएको छ। सार्वजनिक समारोहमा उपस्थितले गीत हेरेपछि स्रोताले कमेन्ट गरे,’चोरले पनि घरभित्रको सामान चोर्छ, तर यी यस्ता चोर हुन् जसले घरै चोरेर लगे।’ यसअघि हिन्दी फिल्म ‘मुन्नी बदनाम हुई’लाई ‘कान्छी बदनाम भई’ बनाएर आफ्नो निर्लज्जता देखाएका शंकरकै अगुवाइमा अर्का चोरी भएको हुनुपर्छ।

संगीत क्षेत्रमा खास जम्न नसकेका राजेन्द्र श्रेष्ठ र गायिका सावित्री रातारात चर्चामा आउने लोभमा फसेका छन्। उनीहरूले लाज पचाए पनि नेपाली संगीतका स्रोतालाई यो पाच्य हुने कुरै भएन। खराब कुरा परित्याग गरे पो स्वस्थ भइन्छ। त्यसलाई पचाउन खोजेपछि त्यसको असर त पर्ला नै। खराब कुराले पाचन प्रणाली गडबड पारे जस्तै उनीहरूको यस निर्लज्जता पचाइले उनीहरूको विश्वनीयता, क्षमता, सिर्जनशीलता सबै ध्वस्त पारिदिएका छन्।
भिडियो हेर्न याँहा क्लिक गर्नुस अनि हेर्नुस >>>>>>>>>>>>>>>>>भिडियो हेर्न याँहा क्लिक गर्नुस अनि हेर्नुस
सुक्रबार साप्ताहिक बाट

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.