धुर्मुस र सुन्तली लण्डन मा मस्ती माग्ने बुढा चिन्तित



सेलेब्रिटी नेपाल कार्तिक २१- टेली सिरियल बाट लोकप्रियता कमयाका जोडी ले नाम र दाम दुवै कमाय अनि दर्शक ले संधै देखेको जोडी जस्तै घर जम पनि गरे अहिले यिनै जोडी लण्डन मा कार्यक्रम को सिलसिलामा पुगेका छन्। कार्यक्रम पनि हुने हनिमुन पनि हुने दोहोरो फाइदामा यी जोडी रहदा अर्का सिरियलका पात्र माग्नेबुढा(केदार घिमिरे)चिन्तामा छन् आफ्ना मुख्य कलाकार सीताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ कार्यक्रम देखाउन लन्डन गएपछि हास्य टेलिशृंखला ‘मेरी बास्सै’लाई अप्ठ्यारो परेको छ। कात्तिक ३ मा दशैं तिहार शुभकामना नामक कार्यक्रमका लागि गायिका जुना प्रसाईंसहित लन्डन पुगेका सीताराम र कुञ्जनाको बसाइ लम्बिएपछि ‘मेरी बास्सै’को केही भाग प्रभावित हुने देखिएको छ।
उनीहरु जानुअघि तिहारसम्मलाई सुटिङ गरिएको थियो। यता भएकै कलाकारहरु पनि दशैं मनाउन आ-आफ्नो घर गएर फर्केका छैनन्,’ नेपालमा रहेका एक निर्देशक तथा कलाकार केदार घिमिरे ‘माग्नेबुढा’लेभने, ‘तिहारपछि तुरुन्तै सीताराम आइपुगेनन् भने टेलिशृंखलामा उनको अनुपस्थिति हुनेछ।’ सीताराम र कुञ्जना लन्डनका १२ वटा सहरमा कार्यक्रम देखाउँदैछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.