भारतीय चर्चित गायक सोनु निगमलाई अन्डरवल्ड डनबाट धम्की


भारतीय चर्चित गायक सोनु निगमलाई पाकिस्तानमा रहेको मानिएको अन्डरवल्ड डनबाट धम्की आएको खुलासा भएको छ। सोनुले भारतीय पुलिस अधिकारीहरुलाई उनलाई दाउद इब्राहिम समूहसँग अबद्ध छोटा सकिलले विभिन्न फोन कल र मेसेज पठाएर धम्की दिएको बताएका हुन्।
Sonu-nigam
सकिलले उनलाई आउँदो वर्ष हुन लागेको वल्र्ड टुरमा डनले भनेको कम्पनीसँग आबद्ध हुन धम्की दिएको सोनुले बताए। यदि यसो नगरे सोनु र एक मुम्बाइको धनाड्य महिलाबीचको अन्तरंग सम्बन्धको खुलासा पनि गर्ने धम्की दिएको बताइएको छ । सोनु अहिले एक कार्यक्रमका लागि शहर बाहिर रहेकोले पुलिसमा आधिकारिक रिपोर्ट हालेका छैनन् तर उनी फर्कने बित्तिकै पुलिसमा रिपोर्ट गर्ने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.