राजेश हमालले गरे राजेश पायलको सत्रौं एल्बम बिमोचन


(सेलिब्रेटी नेपाल) १७ असोज- अहिलेका सदाबहार हिट तथा व्यस्त गायक राजेश पायल राइको १७ औं सोलो एल्बम ‘दर्शन नमस्ते २’ को आज असोज १७ गतेको दिन एक कार्यक्रमका बीच महानायक राजेश हमालले बिमोचन गरेदर्शन नमस्ते को सफलतापछि राजेशले यसको भाग २ बजारमा ल्याएका हुन्। यो एल्बममा ११ वटा गीत समावेश गरिएको छ। जसमा राजेन्द्र थापा, अनिल स्थापित, सुरेश अधिकारी, नवराज लम्साल, नरेश भट्टराई, भुपेन्द्र खड्का, कुमार विवाहित, पदम किरातीको शब्द समावेश छ। एल्बममा समावेश गीतमा महेश खड्का, कल्याण सिंह, सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, राई नविन, सन्तोष राज र बिनोद खम्बुको संगीत छ।
Rajesh-payal-rai-hamal
निर्धारित समय भन्दा करिब १ घण्टा आधा ढिला गरि राजेश हमाल आइ पुगे पछि सुरु भएको कार्यक्रममा राजेश पायल राई ले नयाँ एल्बममा समाबेश ४ वटा गीत गाएका थिय उक्त कार्यक्रममा एल्बम निर्माणमा सहयोग गर्ने गीतकार,संगीतकार,एरेन्जर,तथा अन्य सहयोगी हरु लाई हमालको हात बाट मायाको चिनो पनि प्रदान गरिएको। ‘दर्शन नमस्ते २’ मा समाबेश छैन तिमि बाहेक बोलको गीतको म्युजिक भिडियो पनि देखाईएको थियो।
Rajesh-hamal-rajesh-rai

Copyright © 2012 - 2026 | All Right Reserved.