श्रीलंकाका तीन चलचित्र माथि नेपाल सरकारले लगायो प्रतिबन्ध


(सेलिब्रेटी नेपाल) १७ असोज- दक्षिण एसियाको चर्चित डकुमेन्ट्री मेला मानिने फिल्म साउथ एसियामा देखाउन लागिएका श्रीलंकाका तीनवटा सिनेमामाथि सरकारले सेन्सर लगाएको छ। सरकारले श्रीलंका सरकारको आग्रहमा युद्धसँग सम्बन्धित रहेका ती डकुमेन्ट्रीको सार्वजनिक प्रदर्शनमा रोक लगाएको हो। अब फिल्म साउथ एसियाको प्रदर्शनस्थल कुमारी हलमा ती डकुमेन्ट्री देखाइने छैनन्। मेलाका आयोजकले प्रतिबन्ध लगाइएका ती तीनैवटा डकुमेन्ट्री पर्सि शनिबार पाटनढोकास्थित यलमाया केन्द्रमा भने देखाउने जानकारी गराएका छन्।
Shreelankan-Film
श्रीलंकाली फिल्मकर्मी केलम मक्रेको ‘नो फायर जोन’, कन्नान अरुनास्लम निर्देशित डकुमेन्ट्री ‘ब्रोकन’ र उनकै अर्को सिनेमा ‘द स्टोरी अफ वन’लाई प्रदर्शनमा रोक लगाइएको हो।श्रीलङ्काली सरकारले ती फिल्मको सार्वजनिक प्रर्दशन गर्न नदिन नेपाल सरकारलाई पत्र लेखेपछि सरकारले बुधबार फेस्टिभल आयोजकलाई ती फिल्म नदेखाउन आदेश दिएको थियो सरकारको आदेश मान्दै सार्वजनिक हलमा प्रदर्शन नगरे पनि ती फिल्म प्रतिस्पर्धाबाट भने नहटाइएको जानकारी आयोजकले गराएका छन्।
फेस्टिभलमा नेपालका ३,भारतका १४,बंगलादेशका ६,अफगानिस्तानका ९,पाकिस्तानका ३,श्रीलङ्काका ३,बर्माका ३ वटा डकुमेन्ट्री देखाइनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.