राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा चन्द्र शर्मा निर्वाचित


(सेलिब्रेटी नेपाल) १५ असोज-सुर्खेतको वीरेन्द्रनगरमा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पाँचौ महाधिवेशनले चन्द्र शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । मंगलबार भएको मतगणना अुनसार शर्मा ७ सय ९१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी विष्णु खत्रीले ४ सय ११ मत पाए । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा बद्री पंगेनी १ हजार ८६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कृष्ण देबकोटाले १ सय १९ मत पाए ।
महाधिबेसनामा करिब १७ सय प्रतिनिधिको सहभागिता रहेको थियो।

Chandra-Sharma

प्रथम उपाध्यक्षमा टीकाराम चपाइँ,द्वितीय उपाध्यक्षमा विमलराज क्षेत्री विजयी भए भने महासचिवमा रमेश बिजीले शान्ता न्यौपानेलाई हराए। त्यस्तै सचिवमा पशुपति शर्मा र सिरिष देवकोटा विजयी भए । कोषाध्यक्षमा रिता थापा तथा सह कोषाध्यक्षमा दिपक खड्काले जिते।खुलातर्फका सदस्यमा रामजी खाँण,शंकर बिसी,खुमन अधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, कुलेन्द्र विश्वकर्मा, पुश्कल शर्मा, तारापति सुवेदी, हरि थापा, हुम गैरे विजयी भए। महिला सदस्यमा टीका पुन, राधिका हमाल, रमिला न्यौपाने र जमुना राना विजयी भए । बिजयी पधाधिकारिको कार्य काल ३ बर्षको हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.