मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्ड–२०१३ को फाइनलमा


(सेलिब्रेटी नेपाल) ११ असोज-मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्ड–२०१३को फाइनलमा पुगेकी छिन् । उनले ब्युटी विथ पर्पोज बिधाको टाइटल हात पार्दै फाइनलमा पुग्न सफल भएकी हुन् । इन्डोनेसियामा भइरहेको मिस वर्ल्डको छिनोफानो भने भोली हुनेछ। केही वर्षदेखि लगातार मिस वल्र्डमा नेपाली युवतीले प्रतिनीधित्व गरिरहे पनि पहिलोपल्ट नेपाली सुन्दरी अन्तिम स्पर्धाका लागि छानिएकी हुन् ।
Miss-nepal-ishani-shrestha
मिस वल्र्डको फाइनलमा १५ जना प्रतियोगीले प्रतिष्पर्धा गर्दैछन् । उनले नेपाली नृत्य समेत देखाउने अवसर पाएकी छिन्। अन्तिम प्रतिस्पर्धाको लागि १५ जना छनोट भएपनि ११ जनाले मात्र आफ्नो देशको सँस्कृति झल्कने नृत्य देखाउन पाउँछन्। यस्तो अवसर आफूले पनि पाएको भन्दै उनले आफ्नो फेसबुक पेजमार्फत खुशी व्यक्त गरेकी छिन्।नेपालले मिस वल्र्डमा सहभागीता जनाउन थालेको डेढ दशक नाघिसकेको छ तर आजसम्म कुनै सुन्दरी फाइनलमा पुग्न सकेका थिएनन्। तर यसपटक इशानीले इतिहास रचेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.