आजदेखि लघु चलचित्र महोत्सव ‘एकादेशमा–२०१३’सुरु


(सेलिब्रेटी नेपाल) ११ असोज- आजदेखि राजधानीमा लघु चलचित्र महोत्सव सुरु हुँदैछ ।
Sabitri-keki-adhikari
कथाहरुको विश्लेषण,प्रदर्शन, अन्तक्र्रिया र बजारीकरण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक अण्डरग्राउण्ड टाकिज नेपालले जनाएको छ। ‘एकादेशमा–२०१३’ नाम दिइएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २९ वटा लघु चलचित्र देखाइनेछ। नेपालका तर्फबाट आठवटा लघु चलचित्र देखाइने कार्यक्रम रहेको छ। प्रत्येक चलचित्र बढीमा १८ मिनेटसम्मका हुनेछन् । चलचित्र क्यूएफएकस कुमारी, कमलपोखरीमा असोज ११ र १२ गते तथा असोज १३ गते सर्वनाम थिएटर कालिकास्थान डिल्लीबजारमा प्रदर्शन गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.