दिपिका र रनबीरलाई मुद्दा रामलिलाको कमाल


बलिउड निर्देशक संजय लिला भन्साली, अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण विरुद्ध भारतीय अदालतले प्रहरीलाई मुद्धा रजिष्टार गर्नका लागी आदेश दिएको छ।
Ramleela-poster
उनीहरुले धार्मिक भावनालाई असर पर्ने गरी बनाएको भन्दै यस प्रकारको आदेश दिएको कुरा भारतीय सञ्चार माध्ययमले जनाएका छन ।अधिवक्ता पवन शर्माद्धारा एडिशनल चिफ मेट्रोपोलिटन मेचिस्ट्रेटमा उक्त उजुरी फाइल गरिएको बताइएको छ। यो उजुरी चलचित्रको प्रोमोलाईनै आधार मानेर गरिएको छ र फिल्मले धर्मको मैदानमा विभिन्न समुदायविच शत्रुतालाई प्रोत्साहन गरिएको कुरा उल्लेख गरिएको दावी गरिएको छ ।उजुरी कर्ता शर्माका अनुसार अदालतले श्यामनगर प्रहरीलाई उक्त उजुरीको एफआइआर दर्ता गर्नका लागी आदेश दिएको थिइ । यस उजुरीको विषयमा अनुसन्धान गर्नका लागी पनि प्रहरीलाई आदेश दिइएको शर्माले बताएका छन ।संजय लिला भंसालीको नयाँ फिल्म ‘रामलिला’ आगामी नोभेम्भर १५ तारिखबाट प्रदर्शन शुरू हुन लागेको छ । जसमा रणविर र दिपिकाले प्रमुख भूमिकामा अभिनय गरेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.