सामुदायिक नाटक सप्ताह विभिन्न सामुदायिक बिद्यालयमा


(सेलिब्रेटी नेपाल) ६ असोज-सामुदायिक नाटक सप्ताह ‘शैक्षिक सुधारका लागि स्थानीय समुदाय परिचालनमा नाटकको रचनात्मक प्रयोग’ भन्ने नाराका साथ यहि असोज ३ देखि ८ गते सम्म संचालन भई रहेको छ।
Natak-festival
काभ्रे जिल्लाको कुशादेवी उच्च मा बि बाट सुरु भएको नाटक सप्ताह असोज ८ गते मंगलबार काठमाडौँ जिल्ला सुन्ताखानमा रहेको सुन्ताखान मा बि बाट सकिने छ। नाटकका माध्यम बाट सामाजिक परिवर्तनमा क्रियाशील संस्था स्पेसको आयोजनामा सामुदायिक नाटक सप्ताह संचालन गरिएको हो। नाटकको रचनात्मक प्रयोगबाट स्थानीय समुदायको परिचालन गरि शैक्षिक सुधारमा सहयोग पुर्याउनका लागि स्पेसले अघिल्लो बर्ष बाट नियमित रुपमा सामुदायिक नाटक सप्ताह गर्दै आइ रहेको छ। यस पालिको नाटकको संगीत संयोजन बाँसुरी बादक बिनोद बन्जाराले गरि रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.