हरिबंश आचार्य सर्बाधिक रुचाइएका व्यक्ति


(सेलिब्रेटी नेपाल) ६ असोज-ठमाडौंमा हालै गरिएको एक सर्वेक्षणमा बरिस्ठ कलाकार हरिवंश आचार्य नेपालमा सर्वाधिक लोकप्रिय व्यक्तिको सुचिमा परेका छन् । हरिवंश कलाकारिताको माध्यमबाट सामाजिक काममा समेत संलग्न रहँदै आइ रहेका छन् उनले कलाकारिता क्षेत्रमा तिन दशकको यात्रा पार गरि सकेका छन्।विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरुलाई लिएर गरिएको सर्वेक्षणको आधारमा लोकप्रियताको सूची सार्वजनिक गरिएको यूवा राजनीतिक अध्ययन समुहका विशाल काफ्लेले जानकारी दिएका छन्।
china haribansha
सर्वेक्षणमा मन पराइएको दश जना नेपालीहरुको लिस्टमा दोस्रो नम्वरमा सिएनएन हिरो तथा समाजसेवी पुष्पा बस्नेत,तेस्रो नम्वरमा नेपाली काँग्रेसका नेता गगन थापा मन पराइएको चौथो नम्वरमा क्रिकेटर पारस खड्का,पाकिस्तानसँग खेलिएको फुटवल खेलमा थपिएको समयमा गोल गरेर सनसनी मच्चाएका विमल घर्तीमगर मन पराइएका व्यक्तिको पाँचौ नम्वरमा, नायक राजेश हमाल मन पराइएको सूचीको छैठौ नम्वरमा,पछिल्लो समय ट्वीटमा छाएकी लेखिका सिवानी सिंह थारु मन पराइएको सूचीमा सातौ नम्वरमा, पूर्व मिस नेपाल माल्विका सुव्वा मन पराइएको सूचीको आठौ नम्वरमा छिन् भने बैङकर अनिल शाह नवौ नम्वरमा र नायिक नम्रता श्रेष्ठ दशौ नम्वरमा पर्न सफल भएकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.