दमिनी भिर लाई यस बर्षको मदन पुरस्कार


(सेलिब्रेटी नेपाल) ५ असोज-यस वर्षको मदन पुरस्कार राजन मुकारुङको उपन्यास ‘दमिनी भिर’लाई प्रदान गरिने भएको छ। शनिबार मदन पुरस्कार गुठीले २०६९ सालको मदन पुरस्कार ‘दमिनी भिर’लाई प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव कुन्दा दिक्षितले जानकारी दिए।
damini-Bhir
२०१२ असोज १० गते सालमा रानी जगदम्बाले स्व. मदन शमसेर राणाको स्मृतिमा मदन पुरस्कार स्थापना गरेकी थिइन्। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने वितरण २०१४ सालदेखि सुरु भएको हो।

त्यस्तै जगदम्बा पुरस्कार भने गीतकार रत्नरशम्शेर थापालाई दिइने घोषणा गरिएको छ। यी दुबै पुरस्कारको राशि दुई/दुई लाख रुपियाँ छ। जगदम्बाश्री पुरस्कार भने रानी जगदम्बाको स्वर्गारोहरणपछि गुठीले बि.सं.२०४५ सालमा स्थापना गरेको हो। गायक नारायण गोपालले पहिलोपटक जगदम्बाश्री पुरस्कार पाएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.