चलचित्र ‘११:५५’ को औपचारिक घोषणा, मुख्य भूमिकामा महेश र सृष्टि



काठमाडौँ । चलचित्र ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच घोषणा भएको चलचित्रमा केशव पाण्डेको कथा र निर्देशन रहनेछ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन छ । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुने लागेको हो ।

विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् । चलचित्रको आफू राम्रो दर्शक भएकोले फिल्म राम्रो बनाउन निर्देशनमा होमिन लागेको पाण्डेले बताए । ‘म राम्रो दर्शक हुँ । विगत एक दशक देखिको फिल्म सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने, ‘यो फिल्मको कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र हामी हुनेछन् ।’

प्रधुम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने चलचित्रको प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.