सन्नी लियोनको रामकहानी, पोर्न फिल्मदेखि बलिउडसम्म


सन्नी लियोन पछिल्लो समय सबैभन्दा चर्चामा रहेकी बलिउड सेलिब्रेटी हुन्। गत वर्ष उनी इन्टरनेटमा सर्च गरिने पहिलो नम्बरकी बलिउड सेलिब्रेटी घोषित भइन्। भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नीले प्रवेश गरेको छोटै समयमा धेरै सफलता पाइसकेकी छिन्। उनका साना-साना कुरा पनि मिडियामा छाउने गर्छ। अर्थात सन्नी अहिले बलिउडकी ‘हककेक’ एक्ट्रेस बनेकी छिन्। सन्नीकै प्रवेशले काजोल, रानी मुखर्जी, करिना कपुरजस्ता हिरोइनहरुको करिअरमा असर पारेको चर्चा चलेबाट पनि उनको लोक प्रियता कुन हदसम्म माथि उठिसकेको रहेछ, सहजै अनुमान लगाउन सकिन्छ। सोही कारण सन्नीको बलिउड प्रवेशलाई लिएर कुरा काट्नेहरुको अहिले मुख बन्द भएको छ। यसरी बलिउडमा रातारात चम्किरहेकी सन्नीको रोमान्चक जीवन कहानी संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ।
sunni-lion
सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया सिटीमा भएको थियो। उनको बाबु तीब्बत र आमा हिमाञ्चल प्रदेशका हुन्। सन्नी जन्मनुभन्दा केही पहिले उनीहरु क्यानडा पुगेका थिए। सन्नी बाल्यकालमा बास्केटकल खेलमा निकै पोख्त थिइन्। उनले पहिलो किस स्कुलमा पढ्दा ११ वर्षको हुँदा गरेकी थिइन् भने १६ वर्षमै आफ्नो भर्जिनिटी गुमाइसकेकी थिइन्। त्यतिबेलादेखि सेक्सप्रति उत्सुक हुँदै गएको उनले मिडियालाई बताएकी थिइन्। पोर्न फिल्म खेल्न थाल्दा सन्नी जम्मा १९ वर्षकी थिइन्। जब उनले आफ्नो पेशाको बारेमा परिवारलाई भनिन्, तब उनको पञ्जाबी परिवारले ठाडै अस्विकार गरें। तर उनले परिवारलाई ढाँटेरै काम गर्न थालि्न्। एकैपटक सन् २००३ मा ‘पेन्टहाउस अफ द इयर’ घोषित भएपछि मात्र परिवारले सन्नीले पोर्न फिल्म खेलेको थाहा पाएका थिए।
Sunni-Liyoni
‘पेन्टहाउस अफ द इयर’को उपाधी पाएपछि पोर्न उद्योगमा सन्नीको माग निकै बढेको थियो। सोही कारण उनलाई चर्चित वीवीद प्रोडक्सनले तीन वर्षको कन्ट्रयाक साइन गराएको थियो। जतिबेला पोर्न उद्योग आर्थिक रुपमा संकटमा परेका थिए। सन्नी पोर्न फिल्मकी हिरोइन मात्र होइन, निर्मात्री पनि हुन्। सनलस्ट पिक्चर नामक उनको आफ्नो प्रोडक्सन कम्पनी रहेको छ। सन्नीका पति डानियल बेबर पनि पोर्न स्टार हुन्। तर उनले पनि बलिउडमा डेब्यु गरिसकेका छन्। सन्नीकै लिड रोल रहेको ‘ज्याकपट’मा डानियललाई पनि देख्न सकिन्छ। डानिलय पतिसँगै उनको पर्सनल म्यानेजर  पनि हुन्।

सन्नी इटालियन परिकारकी पारखी हुन्। खासगरी पास्ता भने पछि उनी हुरुक्कै हुन्छिन्। भ्रमण उनको अर्को सोख हो। वासिङटन डिसी उनको मन पर्ने स्थान हो। कुकुर उनको मिल्ने साथी हो। उनको घरमा अहिले पनि २ वटा कुकुर छ। घरमा हुँदा अधिकाशं समय उनी कुकुरसँगै खेल्छिन्। सुरक्षाको हिसाबले पनि उनी कुकुर घरमा पाल्नु उपयुक्त भएको ठान्छिन्।
Ragini-mms-2
सन्नीले हालसम्म करिब ३० भन्दा बढी पोर्न फिल्म खेलिसकेकी छिन् तर अब उनी बलिउडको मेनस्ट्रिम हिरोइन बन्न चाहान्छिन्। त्यसैले हाल उनी बलिउडमा संघर्ष गर्दैछिन्। उनी अभिनीत ‘जिस्म २’ रिलिज भइसकेको छ भने ‘रागिनी एमएमस २’, ‘ज्याकपट’ र ‘टिना एण्ड लोलो’ प्रदर्शनको क्रममा छन्।
ब्लकबस्टर ‘सुट आउट एट वाड्ला’मा उनले आइटम डान्स गरेकी छन्। बलिउडमा प्रवेश गर्नुभन्दा पहिले सन्नीले तीन वटा हलिउड फिल्ममा केमियो रोल गरेकी थिइन्। तर ती फिल्मले उनको करिअरमा कुनै फाइदा पुराएन।