‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार



काठमाडौँ। अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको चलचित्रको फस्टलुकमा अभिनेत्री पूजा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रमा देव मगर, अनुप गडालको लगानी छ । पवन रानामगर कार्यकारी निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् । चलचित्रमा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको चलचित्रका प्रोडक्शन हेड नेत्र बिष्ट हुन् ।

सत्यम रानाको भीएफक्स रहेको यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो चलचित्रको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् । चलचित्रको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।