सत्य कथामा बन्ने चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु



काठमाडौँ । चलचित्र ‘इन्दिरा’को छायाँकन सुरु भएको छ । चलचित्रको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहितछायाँकन सुरु गरिएको हो । सुरेन्द्र तुलाधरको निर्देशन रहने चलचित्र नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको सत्य कथामा आधारित रहेर निर्माण हुन लागेको हो ।

जुन महिलालाई समाजले बहिस्कार गरेको थियो । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको सम्पूर्ण छायाङ्कन भक्तपुर आसपासका स्थानमा गरिनेछ । चलचित्रका निर्माता गोपालकाजी कायस्थ हुन् । चलचित्रमा नेवारी फिल्ममा चलेका कलाकारको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.