एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन



काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर बोर्डबाट फिल्मले एडल्ट प्रमाणपत्र पाएको छ। एडल्ट प्रमाणपत्र पाएको फिल्मलाइ १६ वर्ष मुनिका बालबालिकाहरुले हेर्न पाउने छैनन्। नेपालमा एडल्ट प्रमाणपत्र दिए पनि केही हलका संचालकहरुले १६ वर्ष मुनिका बालबालिकाहरुलाई पनि टिकट बेच्ने गरेको पाइन्छ। ३ घण्टा लामो फिल्म ‘एनिमल’ भित्र सेक्स्युल र भ्वाएलेन्स दृश्यहरु थुप्रै समाबेश छन्। फिल्म भित्र ‘घाटी रेटेको’ दृश्य छ ।

चलचित्र विकास बोर्डले सोमवार साँझ नयाँ बानेश्वरस्थित वन सिनेमामा अनुगमन गर्दा एडल्ट चलचित्रको प्रमाणपत्र पाएको हिन्दी फिल्म ‘एनिमल’को टिकट १६ वर्ष मुनिका बालबालिकाहरुलाई बिक्री गरेको भेटेको छ । हलमा बालबालिका भेटिएपछि हल व्यवस्थापनलाई टिकट फिर्ता गर्न लगाइएको जानकारी बोर्ड सदस्य रबी अधिकारीले दिए । उनले भने ‘यस्तै घटना अन्य हलमा पनि भएको हामीले सुनेका छौँ,अब हामी अनुगमनलाइ व्यापक बनाउने छौँ र गल्ती गर्नेलाई कारवाही पनि गर्नेछौँ। ‘ बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न बोर्डले सम्पूर्ण हल संचालकहरुलाई अनुरोध गरेको छ । यस्तो संबेदनशील बिषयमा सरोकारवाला सबैले ध्यान दिनु जरुरी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.