७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेशको सहकार्य



काठमाडौं। निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ चलचित्र निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाँकन थालिने चलचित्रको नाम रहेको छ ‘अभेद्य’ । रोमान्स थ्रिलर जनरामा बन्ने चलचित्रको कलाकार र प्राबिधिक टुंगो लागीसकेको भए तापनि केही समयपछि मात्रै सार्वजनीक गर्ने तयारी निर्माण पक्षको छ ।

निर्देशक सापकोटा र निर्माता भट्टले झण्डै ७ बर्षअघि ‘मन्दिरा’ नामक चलचित्रमा सहकार्य गरेका थिए । सन् २०१६ मा रिलिज भएको सन्पेन्स थ्रिलर ‘मन्दिरा’ बाट निर्देशक सापकोटाले तारिफ पाएका थिए । बिभिन्न समयमा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा परिचय बनाएका निर्देशक सापकोटाले युवा हुंकार म्यागेजिनको सहसम्पादक हुदै थुप्रै सर्ट फिल्म तथा केही म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी निर्देशीत अर्काे फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो । उनको सर्ट फिल्म ‘मिरर’ ले इन्टरनेशनल हयुमन राइटस् फिल्म फेस्टिभवमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’,‘सहारा’, ‘मन्दिरा’ र ‘घनचक्कर’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ हर कोणबाट उत्कृष्ठ बन्ने दावी गर्छन् । ‘हाम्रो ‘अभेद्य’ को सम्पूर्ण तयारी अन्तिमचरणमा पुगेको छ,केही दिनभित्रै कलाकार तथा प्राबिधिक सार्वजनीक गर्नेछौ’, निर्देशक दीपेश भन्छन्,‘यसपालि केही अलि ठूलै,केही अलि बिशेष हुदैछ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.