चलचित्र ‘कङ्गारु’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित



काठमाडौँ। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र‘कङ्गारु’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्ध भएका छन् । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र निर्माण टिम बिच सोमबार औपचारिक सम्झौता भएको हो। निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए ।

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता राजिव गुरुङ हुन्। कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

चलचित्रको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलीया) रहेको छ । चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ चलचित्रका प्रोडक्सन डिजाइनर दिलीप पन्त रहेका छन् ।