खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का



काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ राईसँग चलचित्रमा देखिने छिन्। गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्र ‘रिमै’ मा दया र रिस्माका अलावा विरबल घले प्रमूख भूमिकामा देखिनेछन्।

चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेका छन्। दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा चलचित्रमा सह-निर्माताका रुपमा रहनेछन्।

चलचित्रको हाल प्रिप्रोडक्सन चलिरहेको छ भने निर्माणपक्षले थप जानकारी केही समयपछि दिने जनाएको छ। ‘रिमै’को चैत्रमा फ्लोरमा जाने गरी तयारी भइरहेको छ। चलचित्र २०८१ सालको तीजमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ। चलचित्रलाई बितरण आरआर फिल्मस्ले गर्दैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.