नेपाली कलाकार कालो सुचिमा अमेरिकाले मनोरंजन भिसा दिन बन्द


(सेलिब्रेटी नेपाल) ४ असोज-नेपाली कलाकार अमेरिका भनेपछि मरेहत्ते नै गर्छन् र अमेरिका पुगे पछि फर्कन पनि गार्हो मान्छन अमेरिका कार्यक्रमका लागि पुगेका धेरै कलाकार त्यतै लुकेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै आएको सुविधामा कटौती गरेको छ । नेपाली कलाकारहरु कार्यक्रमका लागि अमेरिका जान दिइने पी थ्री भीसामा रोक लगाइएको छ । अमेरिकाबाट प्रकाशित हुने नेपाली पत्रिका खसोखास साप्ताहिकका अनुसार पीथ्री भीसामा रोक लगाइएपछि कलाकारहरुले भ्रमण भीसा वा अन्य भीसा भन्दै एप्लाई गरिरहेका छन् ।

visa-usa-nepali-artist

अमेरिकी सरकारको गृहमन्त्रालयको तथ्यांक अनुसार गत बर्ष १ लाख ६ हजार ३ सय २५ जना कलाकार र खेलाडीहरु कार्यक्रमका लागि पी थ्री भीसामा अमेरिका पुगेका थिए । जसमध्ये १६ जना मात्र नेपाली थिए ।

सन् २०१२ को मार्चदेखि हालसम्म अमेरिका आउन चाहने प्राय सबै कलाकारहरुको भिसा अस्विकार गरिदै आएको उक्त साप्ताहिकले जनाएको छ । नेपाली कलाकारहरु अमेरिकामा पुगेर त्यतै बस्न थालेपछि र आयोजकले कार्यक्रम विना नै कलाकारहरुबाट मोटो रकम असुलेर अमेरिका पुर्‍याउन थालेपछि कडाई गरिएको हो ।
प्री थ्री भिसा अस्विकृत भएपछि केही कलाकारहरुले धार्मिक भिसा समेत एप्लाई गरेर अमेरिका पुगेको बताइएको छ । केही समय अघि नायक आर्यन सिग्देल, नायिका नन्दिता केसी, सुनिता दुलाल र गायक डीजराजलाई पनि अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो ।सन् २००७ मा सबैभन्दा धेरै नेपाली कलाकार अमेरिका पुगेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.