अन्जु पन्तलाई बिहे प्रस्तावको ओइरो, मन्त्रि देखि ब्यापारी सम्मको प्रस्ताब


(सेलिब्रेटी नेपाल) ४ असोज-चर्चित गायिका अन्जु पन्त श्रीमान मनोज सेवा संग छुट्टिएर बस्न थाले पछि अचेल उनलाई बिहेका प्रस्ताबहरु धेरै आउन थालेका छन् । हालै उनले बिहेको प्रस्ताबहरु बाट दिक्क भएर यस्तो भनेकी छिन्
anju panta cbn
“एक्लै भएपछि कहिलेकाही त प्रेम प्रस्तावहरुले पनि हैरान पार्दा रहेछन । केहि फ्यानहरुको प्रस्तावले पनि हैरान भएकी छु । बायो डाटा नै एस एम एसमा पठाउछन् । छक्क पर्छु मत । म यति नम्बरको छोरा, धनसम्पत्ति यति छ । यति बर्षको हुँ । यति कमाइ छ । यति एजुकेशन छ । म हजुरको कुनै कुरामा बाधक बन्दिन म तपाइलाइ यसरी लान चाहन्छु भनेर लामै एसएमएस पठाउछन् । उहाँको यो माया हो स्नेह हो । यसलाइ म पोजेटिभ रुपमा लिन्छु ।
ए लेभल पदमा रहेका ब्यक्तिहरु ठुल्ठुला बिजनेस म्यानहरु, एनआरएनका सबै फ्यानहरुले प्रस्ताब राख्नुहुन्छ । अन्जु जीलाइ यसरी लानुपर्छ भनेर सगै हिडने वाचा पनि गर्छन । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजर भन्दा माथिल्लो ओहोदाका ब्यक्तिहरु छन् । राजनीतिक दलका ठुल्ठुला नेताहरुपनि मरिहत्ते गर्छन । केहि मन्त्रीहरुले एसएमएसमा गित नै लेखेर पठाँउछन् ।”