नव गायक बिमलको सारिणी बजारमा


(सेलिब्रेटी नेपाल) ३ असोज- सांगीतिक बजार ओरालो लागे पनि नव गायकको प्रवेश भने रोकिएको छैन। कतिले आफ्नो रहर र सोख पुरा गर्न एल्बम निकाल्ने गर्दछन भने कतिले ब्यबसायिक रुपमा नै एल्बम निकाल्ने गरेको समयमा आफ्नो सानै देखि रहर र सोख पुरा गर्न एल्बम निकालेका नव गायक बिमल जोशीको एकल स्वरमा रहेको एल्बम सारिणी आज बाट बजारमा आएको छ।

Bimal-joshi-elbum

एल्बम  ‘सारिणी’  मा ६ वटा गीत समाबेश गरिएको छ। एल्बममा बरिस्ठ संगीतकारहरु शक्ति बल्लभ,सुरेश अधिकारी,राजु सिंह र किरण कंडेलको संगीत रहेको छ। गीतमा शब्द नवराज लम्साल,रमण घिमिरे तिर्थ बराल,दिनेश अधिकारी,सुभाष गौतम,सुनिता जोशीको रहेको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिस्ठ तबलाबाधक ओमनाथ उपाध्याय,बरिस्ठ संगीतकार शक्ति बल्लभ, सुरेश अधिकारी,राजु सिंह,,किरण कंडेलले संयुक्त रुपमा बिमोचन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.