बुढ्यौलीमा पनि स्वरको जादु छर्ने गायकको एकल साँझ


(सेलिब्रेटी नेपाल) ३ असोज-चर्चित गायक, गीतकार, संगीतकार तथा चलचित्र निर्माता निर्देशक किरण प्रधानको असोज १५ गते एकल साँझ हुने भएको छ। उनले यस अघि नै दुइपटक एकल साँझ प्रस्तुत गरिसकेका छन् ।नेपाल राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको कोष वृद्धिका लागि उनी एकल साँझमा प्रस्तुत हुन लागेका हुन् ।

Kiran-Pradhan

आफ्ना ४ सय गीतमध्ये उनले केही उत्कृष्ट र कालजयी आधुनिक गीत प्रस्तुत गर्ने आज राजधानीमा आयोजना गरिएको प्रेस समारोहमा जानकारी गराइयो करिब साढे २ घन्टा चल्ने एकल साँझमा चर्चित गायक प्रधानले भुल हो तेरो भागी हिड्ने, बिर्सुभन्दा सभ्झना पो बल्झेजस्तो, मेरो टोपी कैलाशको शिरजस्तो, पत्थरको मुटु बोकेर मान्छे तिमी जस्ता गीतहरु गाउनेछन् ।

गायक किरण प्रधानको उमेरमा बुड्यौली छाएपनि आवाजमा अझै पनि जादु छ उनले ‘भुल तेरो अघि हिड्ने…’ र चलचित्र सम्झनामा समाबेश  ‘के सोचे मैले…’ गीत गाएर आफ्नो आवाजको जादु देखाए। प्रधान अध्यक्ष रहेको राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघले एकल साँझको आयोजना गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.