नेपालमा प्रतिबन्ध भएको मस्तीले ४० करोड कमायो


नेपालमा प्रतिबन्ध भएको हिन्दी फिल्म ‘ग्रान्ड मस्ती’ले पहिलो सातामै कीर्तिमानी कमाइ गरेको छ। इन्द्र कुमार निर्देशित फिल्ममा अश्लील दृश्‍य र शब्दका कारण नेपालको सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो। फिल्म अश्लील र द्विअर्थी शब्दले भरिएको भारतीय सञ्चारमाध्यमले समेत टिप्पणी गरेका छन्।
Grand-Masti-poster
नयाँ कीर्तिमानसँगै निर्देशकबाहेकका सबै कलाकारका लागि यो धेरै कमाइ गर्ने फिल्म बनेको छ। विवेक ओवराय, अफताब शिवदसानी र रितेश देशमुखको मुख्य भूमिका रहेको फिल्मले पहिलो तीन दिनमा कम्तिमा ४० करोड कमाएको बताइएको छ। यो फिल्मले पहिलो दिनमा १२ करोड कमाएको थियो। दोस्रो र तेस्रो दिन क्रमशः १३ र १५ करोड कमाएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.