जीटिभीको प्रशारण नरोकेको भन्दै माओबादीले गरे तोडफोड


(सेलिब्रेटी नेपाल) ३१ भाद्र-भारतीय टेलिभिजन चयनल जी टिभीको प्रशारण नरोकेको भन्दै माओबादी कार्यकर्ताले केवल टेलिभिजन महासंघको कार्यालयमा तोड फोड गरेका छन्। सोमबार दिउँसो राजधानीको अनामनगरमा रहेको कार्यालयमा दर्जनौ कार्यकर्ता हरु प्रवेश गरि तोडफोड गरेका हुन्। Zee-tv-star
माओबादी कार्यकर्ताले कार्यालयका कम्प्युटर,टेलिफोन सेट,फर्निचर लगायतका समाग्री हरु तोडफोड गरेका छन्। माओबादी कार्यकर्ताले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने गलत संदेश फैल्यायको भन्दै केहि दिन देखि जी टि भी को प्रसारण रोक्न दबाब दिदै आएका थिए आफ्नो माग लाई बेवास्ता गरेको भन्दै कार्यकर्ता हरु तोडफोडमा उत्रिएका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.