नीताले मनाईन् जन्म दिन ,उनको अनाथ बालबालिका पाल्ने इच्छा


(सेलिब्रेटी नेपाल) ३१ भाद्र-नायिका निता ढुंगानाले आफ्नो २२ औँ जन्म दिन अनाथालयका बालबालिकाको साथमा मनाइन आज दिउँसो काडाँघारी स्थित सृजनशील अनाथ गृहमा १७ जना बालबालिकासँग नीताले केक काट्दै आफ्नो जन्मदिन सेलिब्रेट गरिन् यसै बर्ष आफ्नो आमाको बिछोड सहेकी नायिकाले पहिलो पटक यसरि आफ्नो जन्म दिन मनाएकी हुन् ‘आफ्नो पनि आमा हुनुहुन्न र यी बालबालिकाको पनि कोहि छैन त्यसैले जन्म दिन यस अनाथालयका बाल बालिका संग मनाएको हुँ’उनले भनिन्।
Neeta-dhungana-birth-day
चलचित्र मितिनीबाट बालकलाकारको रुपमा रजतपटमा भित्रिएकी निताले एक दर्जन जति चलचित्रमा अभिनय गरि सकेकी छिन् । उनले अभिनेत्रीको रुपमा अभिनय गरेको पहिलो चलचित्र किसान हो तर प्रदर्शनका हिसाबले हाम्रो माया जुनी जुनीलाई उनको पहिलो चलचित्र बन्यो । यसै बर्ष सम्पन एनएफडिसी अवार्ड उनले चलचित्र नोटबुक मार्फत पाउन सफल भईन। भबिस्यमा आफुले पनि अनाथ बच्चा हरु लाई पाल्ने सोच राखेको पनि उनले बताईन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.