सुगमको ‘सुगम song गित’बजारमा


(सेलिब्रेटी नेपाल) ३१ भाद्र-पाँच बर्षको अन्तरालमा सुगम पोखरेलको नयाँ एल्बम सुगम song गित अब बजारमा आएको छ। एल्बममा नयाँ ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बमका सबै गीत हरुमा सुगम पोखरेलको स्वर तथा संगीत रहेको छ। केहि गीत हरुमा शब्द पनि सुगम कै रहेको छ । सुगमका अलावा भुपेन्द्र खड्का,चट्याङ्ग मास्टरको शब्द समाबेश गरियको छ। सुगमको पहिलो एल्बम शुन्य र दोस्रो एल्बम हाइवे को जस्तै सुगमको आफ्नै प्याटनका गीतहरु समाबेश गरिएको सुगमले बताए। आफ्नै प्याटन भए पनि यो एल्बममा जीवन र दर्शनका गीतहरु पनि समाबेश गरिएको छ।
Sugam-song-geet-sugam-pokhrel
अहिलेको सांगीतिक बजारमा चलिरहेको ट्रेन अनुसार नै सुगमले पनि आफ्नै कम्पनि दर्ता गरेर बजार ब्यबस्थापनको कार्यको पनि थालनी गरेका छन्। अहिले बजारमा गीत संगीतको श्रोता नभएका होइनन् तर प्रबिधि मात्र फरक भएको हो पहिलो एल्बमको क्यासेट करिब दुइ लाख प्रति बिकेको थियो भने अहिले छैठौं एल्बममा आई पुग्दा अडियो क्यासेट नै लोप भई सकेको छ। श्रोता हरु पनि अब डिजिटल भई सकेका छन्। नेपालमा यो एल्बमको मूल्य २ सय २५ रुपैयाँ राखिएको छ। असोजको पहिलो सातादेखि यो एल्बम काठमाडौंका अधिकांश सपिङ कम्प्लेक्सहरु साथै म्युजिक स्टोर, अनलाईन तथा आईट्यून्समा समेत एल्बम उपलब्ध हुनेछ।

पप तथा आधुनिक शैलीका गीतहरु समावेश गरिएको यो एल्बमका दुई वटा गीतका म्युजिक भिडियोहरु पनि निर्माण गरिएका छन्। एल्बमको ‘एउटै घाम…’ गीतको म्युजिक भिडियो विशाल भण्डारीले निर्देशन गरेका छन्, जुन विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण भैरहेको छ। एल्बमको दोस्रो गीत ‘मेरो जीवन…’ को म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। ‘मेरो जीवन…’ गीतमा गायक पोखरेलका दाजु सुनिल पोखरेलले अभिनय गरेका छन्। यो भिडियो प्रिमिएरको तयारीमा छ। तेश्रो म्युजिक भिडियो अस्ट्रेलियामा निर्माण गरिएको छ भने चौथो गीत ‘कहिले काहिँ…’ को म्युजिक भिडियो केही सातापछि काठमाडौंमा गरिनेछ। अस्ट्रेलियाको सफल सांगीतिक भ्रमणपछि काठमाडौं फर्किने तयारीमा रहेका गायक सुगम पोखरेलले आफ्नो यो एल्बम अष्टे्लियाको बजारमा समेत उपलब्ध हुने जानकारी गराएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.