एकादेशमा छोटा चलचित्रहरुको महोत्सब हुँदै


सेलिब्रेटी नेपाल ३० भाद्र- चलचित्र मार्फत समाजका विविध कुरालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले राजधानीमा असोज ११ देखि १३ गतेसम्म ‘दोस्रो ‘एकादेशमा २०१३’ फिल्म फेस्टिभल हुने भएको छ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट फिल्म फेस्टिभलमा ३० वटा छोटा फिल्मलाई देखाइनेछ ।
Sabitri-keki-adhikari
अण्डरग्राउण्ड टकिज नेपाल नामक संस्थाले आयोजना गर्न लागेको फेस्टिभल बारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक सोहम ढकालले फेस्टिभल दुई–दुई वर्षको अन्तरमा गर्ने योजना बनाए पनि गत वर्ष गरिएको फेस्टिभलमा दर्शकको उत्साह देखेपछि वर्षैपिच्छे गर्ने निर्णयमा पुगेको जानकारी दिए। ‘कथावाचनको कला फरक तरिकाले प्रस्तुत गर्नु नै फेस्टिभलको उद्देश्य हुनेछ,’उनले भने,‘एकादेशमा सबै नेपालीले आफ्नो जीवनकालमा सुनेका, देखेका, भोगेका कथाहरुको संगालो हो ।’

फेस्टिवलको सुरुवात ११ गते क्युएफएक्स कुमारी हलबाट हुने छ। कुमारीमा पहिलो दिन ‘फूलको माला’ खण्डअन्तर्गत १२ सर्ट फिल्महरु देखाइने छ। यो खण्डमा कथावाचनको पूरातन शैलीलाई तोड्दै विभिन्न रंगका कथाहरु फरक ढंगले प्रस्तुत गरिएका फिल्महरु प्रदर्शन हुने अध्यक्ष सोहम ढकालले जानकारी दिए। पहिलो शो नेपाली लघु चलचित्र ‘द कण्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट’को हुनेछ। कुमारीमा दोस्रो दिन ‘हिराको माला’ सेक्सनका फिल्महरु प्रदर्शन हुनेछन्। यो सेक्सनमा म्यानहटन लघु चलचित्र महोत्सव अन्तर्गत विश्वका २५० भन्दा बढि शहरहरुमा एकै सातामा प्रदर्शन हुने विभिन्न देशका उत्कृष्ट १० लघुचलचित्रहरु देखाइने आयोजकले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.