नयनराज पाण्डेको नयाँ कृति ‘घामकिरी’ लोकार्पण


(सेलिब्रेटी नेपाल) ३० भाद्र-‘उलार’ र ‘लु’ जस्ता चर्चित उपन्यासका लेखक नयनराज पाण्डेको नयाँ कृति ‘घामकिरी’शनिबार औपचारिक रुपमा सार्बजनिक भएको छ। प्रा.डा.सन्जिब उप्रेती,पत्रकार नारायण वाग्ले,र समालोचक अनुप सुबेदीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् लोकार्पण गर्नु भन्दा पहिले नै पुस्तक बजारमा आइ सकेको छ र पुस्तक पढ्ने जतिले सामाजिक संजाल मार्फत पुस्तक र लेखक पाण्डेको तारिफ गरेका छन्।

Nayan-raj-pande-ghamkiri                                                                                                                            तस्बिर सौजन्य बिकाश रौनियार

पहिलो दुइ उपन्यास ‘उलार’ र ‘लु’ बाट यथार्थबादी उपन्यासकारको परिचय बनाएका पाण्डेको घामकिरी लाई उनले प्रयोगवादी बनाउन खोजेका छन् त्यसैले पाठक लाई उनको यो पुस्तक पृथक लाग्न सक्छ कार्यक्रमा बोल्दै डा.उप्रेतीले उपन्यासलाई काल्पनिक आख्यान वा आत्मकथा भन्न सकिने बताए। उनले उपन्यास लाई उत्तम प्रयोगवादको नमुना दाबी गर्दै उपन्यासकारको प्रसंशा गरे। अर्का टिप्पणीकार अनुप सुबेदीले उपन्यास यथार्थ र कल्पनाबिचबाट हिंडेको टिप्पणी गर्दै यसलाई यथार्थ जस्तो कल्पना अथवा कल्पना जस्तो यथार्थ भएको उपन्यास भएको बताए। सांग्रिला बुक्सले प्रकाशन गरेको घामकिरी लोकप्रिय हुनेमा आफु बिस्वस्त रहेको र प्रतिक्रियाको अपेक्षा राखेको कुरा लेखक पाण्डेले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.