‘काली सुन्दरी’ गायिका अन्जना गुरुङको दोस्रो एकल एल्बम ‘मिठास’ बजारमा


(सेलिब्रिटी नेपाल) २९ भाद्र -‘काली सुन्दरी’ गायिका अन्जना गुरुङको दोस्रो एकल एल्बम ‘मिठास’ बजारमा आएको छ। शुक्रबार राजधानीमा एक समारोहकाबीच गीतकार कालिप्रसाद रिजालले ‘मिठास’को विमोचन गरेका छन्। एल्बममा ६ वटा गीत समावेश गरिएको छ।

mithas-album-Anjana-gurung

टिका गोपाल डिजिटलले बजारमा ल्याएको ‘मिठास’मा कालिप्रसाद रिजाल, राजकुमार बगर, लोकराज अधिकारी र शंकर अधिकारी ‘घायल’को शब्द समावेश गरिएको छ। जसमा आशिष अबिरल, राजकुमार बगर, बीबी अनुरागी र विकास चौधरीजस्ता पछिल्लो समय निकै रुचाइएका संगीतकारहरुले संगीत भरेका छन्। एउटा गीतको शब्द र संगीत भने अन्जनाकै रहेको छ। एल्बममा ‘फोटो लग्यौ चिठ्ठी लग्यौं’, ‘तिम्लाई भुल्न मैले पनि’, ‘बैमानिलाई खोजीरैछु’, ‘खुट्टैमा पायल छ’, ‘आँखैमा राख्छु मेरो देश’ लगायतका गीतहरु समावेश गरिएको छ।

anjana-gurung-mithas
विमोचन कार्यक्रममा गायिका अन्जनाका गुरु चन्दनकुमार श्रेष्ठले अञ्जनाले आफूले सोचेजस्तो गीत अझै बाँकी रहेको बताएका थिए। ‘मैले सोचे जस्तो गीत अझ अञ्जनाले गाउन सकेको छैन्,’ श्रेष्ठले भने, ‘तैपनी मिठासका गीतहरु समग्रमा राम्रा छन्।’ गायिका अन्जनाले आफूले सकेसम्म मेहनत गरेर एल्बम तयार पारेकोले दर्शक/श्रोताले मन पपराउने विश्वास व्यक्त गरेकी थिइन्। उनले सकेसम्म फरक-फरक स्वादका गीतहरु पस्कने प्रयास गरेको बताइन्।
कार्यक्रममा गीतकार/संगीतकार राजकुमार बगर, गीतकार शंकर अधिकारी घायल, संगीतकार विकास चौधरी, निर्देशक समन अधिकारी, गायिका आभा मुकारुङ लगायतका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी हेम सुवेदीले संचालन गरेका थिए ।

‘एटम बम फोडेर गयौ’  गीत को म्युजिक भिडियो पनि निर्माण भएको छ भिडियो हेर्न याँहा क्लिक गर्नुस >>>>>>>>>>>>>>>>

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.