‘सुनाकली’ देखाउँदै सकियो ‘थाहा फिल्म फेस्टिभल’



काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ। पालुङको जेसिस हलमा मंसीर ९ गतेबाट सुरु भएको फेस्टिभलमा भोजराज भाट निर्देशित डकुमेन्ट्री ‘सुनाकली’ देखाउँदै समापन गरियो। मुगुकी किशोरीहरूको फुटबल जीवनमा आधारित ‘सुनाकली’ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। समापन कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान थिइन्।

पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन डकुमेन्ट्रीसहित फिचर फिल्म र सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो। फिचर फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘द सिक्रेट्स अफ राधा’, ‘बुलबुलु’, ‘आमाखान्डो’ र ‘डेसान’ देखाइयो। थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेस्टिभल सफलतापुर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रुपमा अगाडी बढाउने सुनाए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.