रोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)



काठमाडौँ। गीतकार रोज लामा योन्जनको ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिए रहेका गीतकार रोज हाल दोहा कतारमा छन् ।

विगत लामो समयदेखी गीत लेखनमा सक्रिय गीतकार रोज लामा योन्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने सशी किँरातीको स्वर रहेको छ ।

सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रोहित लाम्गादेको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयसा क्षेत्री र नहिम अलीले अभिनय गरेका छन् । गीतकार रोज लामा योन्जनको अर्को गीत ‘तिम्रो नयन’ पनि केही समयअघि युट्युवमा सार्वजनिक गरिएको थियो ।