सुरज श्रेष्ठको ‘बेनी बजारमा’ उषा र दिनेश (भिडियो)



काठमाडौँ। गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका लागि दीपकले नै यसमा संगीत दिएका छन् ।

गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवम् पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुस्माको शताब्दी घरलाई राखिएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले प्रमुख अभिनय गरेका छन् । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका छन् ।

वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । उक्त समयमा सो एल्बममा समावेश प्रायः गीतहरू चर्चामा आएका थिए ।

संगीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डीजे सन्तोष लगायतको संगीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुईयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ की, लाग्दैन निद्रा लगायतका गीतहरू चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.