शंकर घिमिरेको ‘तेल भिसा’ मा विपिन र वर्षा



काठमाडौँ। शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘तेल भिसा’ मा कलाकार फाइनल भएका छन् । कलाकारसँगै चलचित्रले प्रदर्शन मिति समेत घोषणा गरेको छ। चलचित्रमा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ ।
विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन्।

चलचित्र नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको चलचित्र चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ। ‘तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुनेक्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ। सुशन प्रजापतीले खिच्ने चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.