चलचित्र ‘दुई कदम’ को ‘ए मेरा बाबैनी’ सार्वजनिक



काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड छन् ।

चलचित्रको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचना सँगै स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित चलचित्रमा इवोन लिम्बु,सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ। दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।