पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गमा



काठमाडौँ। सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युट्युब ट्रेन्डिङ्गको ११ नम्बरमा उक्लिएको छ । शुक्रवार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको थियो। चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन शीर्ष भूमिकामा छन् । चलचित्रले १७ लाख दर्शक पाई सकेको छ।

महेश दवाडीले लेखेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई सौरभ लामाले खिचेका हुन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रलाई अमित बस्नेत, अजित कुमार थापा र परी राना मिलेर बनाएका हुन् । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यू गरेका हुन् । चलचित्रमा सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल, मरिस्का पोखरेल लगायतको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.