नयाँ स्वाद दिने चलचित्र ‘जम्प’, हेर्नुस् नयाँ ट्रेलरमा के छ ?



काठमाडौं। फरक स्वाद दिने नेपाली चलचित्र हेर्ने चाहाना राख्ने दर्शकहरु नेपालमा विस्तारै बढिरहेको छ । त्यस्तै यस्ता खाले सिनेमा निर्माणको क्रममा पनि जारी छ । यसै क्रममा नयाँ चलचित्र ‘जम्प’ निर्माण भएको छ। डेब्यू निर्देशक आशुतोषध्वज कार्कीले यस्तै ‘जम्प’ लिएर आएका छन् । चलचित्र मंसिर २९ गते प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा कार्कीले पहिलो ट्रेलर सार्वजनिक गरेको दुई सातापछि चलचित्रको फाइनल ट्रेलर सार्वजनिक गरेका छन् ।

सार्वजनिक ट्रेलरमा मुख्यपात्रको वास्तविक जीवन बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत गरिएको छ । सिनेमाले आशिष जो पेसाले एथ्लेटिक्सका खेलाडी हुन्, उनले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा पेस गर्छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री। अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको प्रमुख अभिनय रहेको छ । चलचित्रको कथा र संगीत स्वयं निर्देशक कार्की हो । इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.